एसईईको रिजल्ट बल्ल सार्वजनिक, बिहानै बाहिरिएकोबारे छानविन हुने

एसईईको रिजल्ट बल्ल सार्वजनिक, बिहानै बाहिरिएकोबारे छानविन हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केही बेरअघि पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा नतिजा सार्वजनिक गरेको हो । 

नतिजाअनुसार परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ३१३ जनामात्रै उत्तीर्ण भएका छन् । जसमा ३.६० देखि ४ जीपीए (ए प्लस) ल्याउने परीक्षार्थीको कुल संख्या ३१ हजार २०९ रहेको छ । 

त्यस्तै, ६८ हजार २५६ जनाले ३.२० देखि ३.६० जीपीए (ए) ल्याएका छन् । २.८० देखि ३.२० जीपीए (बी प्लस) ल्याउनेको संख्या ७८ हजार ८७४ रहेको छ । ४१ हजार १७७ जना परीक्षार्थीले २.४० देखि २.८० जीपीए (बी) ल्याएको बोर्डले जनाएको छ । 

यता, २ देखि २.४० जीपीए (सी प्लस) ल्याउने परीक्षार्थी हजार ९५० जना छन् भने ६ जनाको १.६० देखि २ जीपीए (सी) आएको छ । बोर्डका अनुसार 'ननग्रेड' ल्याउनेमा दुई लाख ४२ हजार ३१३ जना छन् ।

 बोर्डले बिहान ११ बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेपनि बिहान सवा ९ बजे नै समाचार माध्यमहरुमा नतिजा सार्वजनिक भएको थियो । यसबारे छानबिन गर्नेसमेत बोर्डले जनाएको छ ।

टिप्पणीहरू