एसईईमा २२० जनाको परीक्षा रद्द

एसईईमा २२० जनाको परीक्षा रद्द

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागीमध्ये २२० जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । 

परीक्षा आचरणविपरीत काम गरेका विभिन्न १३ जिल्लाका २२० जनाको परीक्षा रद्द गरेको बोर्डले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै सप्तरीमा १५४ जनाको परीक्षा रद्ध भएको छ । त्यसैगरी, महोत्तरीमा ३९, सर्लाही र धनुषामा चार जनाको परीक्षा रद्ध भएको बोर्डले जानकारी दिएको छ । 

त्यस्तै, जाजरकोट र खोटाङमा तीन-तीन जनाको परीक्षा रद्ध हुँदा बारा, बझाङ्ग, काभ्रे र इलाममा दुई तथा भोजपुरमा एक जनाको रद्द भएको छ । 

विषयगत आधारमा भने अंगेजी एक, गणित ६७, नेपाली चार, विज्ञान १४, सामाजिक पाँच, ऐच्छिक गणित ७१, अर्थशास्त्र १३, जनसंख्या सात, वातावरण विज्ञान दुई, स्वास्थ्य शारिरिक तीन, प्राविधिक विषय सात र सबै विषयको २६ जनाको परीक्षा रद्द भएको हो । 

गत चैत १५ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ४२ हजार ३१३ जना मात्रै परीक्षामा उत्तीर्ण भएका छन् । 

दुई लाख ४२ हजार ३१३ जना विद्यार्थीको ननग्रेड आएकोमा दुई विषयमा एनजी हुने विद्यार्थीको संख्या एक लाख १५ हजार ८ सय ३४ रहेको छ । यी विद्यार्थी आगामी साउन १८ र १९ गते हुने मौका परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।
 

टिप्पणीहरू