गायक राजेश पायल राईलाई उड्नै नदिई घर फर्काइयो

गायक राजेश पायल राईलाई उड्नै नदिई घर फर्काइयो

अत्याधिक मदिरा सेवन गरेर दुबई जान लागेका गायक राजेश पायल राईलाई घर फर्काइएको छ । उनी बिहान १० बजे फ्लाइ दुबई एयरबाट उड्न ठिक्क परेका थिए । तर बोर्डिंग पास भएर जहाज चढिसकेका राजेशले भित्रै लफडा गरेपछि निकालिएका हुन् । 

जहाजका कर्मचारीले अत्याधिक मदिरा सेवन गरेको भन्दै राजेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाएको र प्रहरीले ट्याक्सीमा हालेर घर फर्काएको बताइएको छ । 

पर्सि दुबईस्थित याक एण्ड यती एभरेष्टमा भव्य सांगीतिक कन्सर्ट हुँदैछ । राजेश सोही कन्सर्टमा सहभागी हुन जान लागेका थिए ।

टिप्पणीहरू