अनमोललाई मनाउन आनाको ठाउँमा जसिता

अनमोललाई मनाउन आनाको ठाउँमा जसिता

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङबीचको प्रेम सम्बन्धलाई लिएर यतिबेला समाजिक सञ्जाल गर्माएको छ । 

गत शनिबार एक टेलिभिजन कार्यक्रममार्फत अभिनेत्री स्वस्तिमा खड्काले यो जोडीले डेट गरिरहेको खुलासा गरेपछि अनमोल-जसिता सम्बन्धले चर्चा पाएको हो । यद्यपि अरुको निजि जीवनको कुरा मिडियाबाट सार्वजनिक गरिदिएको भन्दै स्वस्तिमाको आलोचना भैरहेको छ ।  

अनमोल  र जसिता दुबैले मुख नखोलेकाले बास्तविक जीवनमा उनीहरुको सम्बन्धबारे अनुमान मात्र गर्न सकिन्छ । तर, चलचित्रको पर्दामा भने यी दुइ जोडीका रुपमा देखिँदै आएका छन् । र, पछिल्लो पटक 'फर्की फर्की'मा सँगै थिए । 

यसैबीच अनमोलले 'जेरी अन टप'मा जसितालाई अनुबन्धित गराएको सिनेवृत्तमा चर्चा छ । यसअघि चलचित्रमा अनमोलसहित आना शर्मा र आँचल शर्मा अनुबन्धित थिए । तर, अहिले निर्माण टिमले आनालाई आउट गरेर जसितालाई भित्राएको र त्यसमा अनमोलको हात रहेको चर्चा गरिएको छ । 

अनमोलले निर्मातासँग जसितालाई नराखे फिल्मनै नखेल्ने शर्त राखेपछि निर्माण पक्ष यस्तो निर्णय लिन बाध्य भएको बताइएको छ । यो घटनाले यी दुई प्रेम सम्बन्धमा रहेको स्वस्तिमाको भनाइलाई बल पुर्याउने देखिन्छ । 

उता अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि जसिताले यो कुरालाई पन्छाउन रमाइलो कार्यक्रम (इट्स माइ शो)लाई लिएर कन्टोभर्सी सिर्जना गरेको बताएकी छन् । उनले सामाजिक सञ्जालमा माफी मागेको कमेन्टसमेत जसिताले हटाएर भ्रम पैदा गरेको दावी गरेकी छन् । 

'तिमिले आफ्नो भावना पोस्ट गरेपछि तुरुन्तै माफी मागेको थिएँ, तर तिमिले त्यो कमेन्ट नै डिलिट गयौँ', उनले भनेकी छन्, 'तिम्रै कारण आना शर्मालाई फिल्मबाट हटाइएको कुरालाई मान्छेको ध्यानबाट हटाउन हामीमाथि आक्रमण गयौँ, त्यो पनि महिलाले महिलालाई समर्थन नगरेको भन्दै ।'
 

टिप्पणीहरू