बेइजिङ नपुग्दै एमाले टोली भेटघाटमा व्यस्त
चीन गएको एमाले उपमहासचिव विष्णु रिमाल नेतृत्वको प्रतिनिधिमण्डलले त्यहाँको कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन ह्याइयानसँग शिष्टाचार भेट गरेको छ । हपेइ प्रान्तको स्मार्ट सिटी सियाङ्गाआ शहरमा भएको भेटमा दुई कम्युनिष्ट पार्टी,दुवै देशका सरकार र जनस्तरमा आपसी सहयोग आदानप्रदानलगायत विषयमा छलफल भएको बताइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी,अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीनको अध्ययन तथा अवलोकन भ्रमणका लागि गएराति काठमाडौंबाट ग्वाङचौतर्फ प्रस्थान गरेको प्रतिनिधिमण्डल आज सियाङ्गाआ पुगेर भेटघाटमा व्यस्त भएको हो ।
१० दिनका लागि गएको टोलीमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्यहरू विनोद श्रेष्ठ, सुजिता शाक्यलगायत केन्द्रीय सदस्यहरू,पार्टीका प्रदेश तथा जिल्ला अध्यक्ष गरेर ३० जना सहभागी छन् ।
टिप्पणीहरू