भारतले पायो नयाँ विदेश सचिव

भारतले पायो नयाँ विदेश सचिव

भारतीय उप राष्ट्रिय सुरक्षा सल्लाहकार विक्रम मिश्रीलाई आगामी विदेश सचिवमा सिफारिस गरिएको छ । मिश्री भारतीय विदेश मन्त्रालयको सेवामा सन् १९८९ मा प्रवेश गरेका थिए ।

हिजोको सिफारिस जुलाई १५ देखि लागु हुने छ । हालका विदेश सचिव विनयमोहन क्वात्राको कार्यकाल जुलाई १४ देखि सकिँदै छ ।

मिश्रीले यसअघि तीन जना प्रधानमन्त्रीको निजी सचिवको रुपमा काम गरिसकेका छन् । उनी इन्दरकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको सचिवालयमा थिए ।

मिश्री भारतीय समकालीन कूटनीतिज्ञबीच चीन विज्ञको रुपमा परिचित छन् । यसअघि उनी बेइजिङ्गमा भारतीय राजदूत थिए । त्यसपछि जनवरी २०२२ मा राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा नियुक्त भए । 

ग्वालियरमा सन् १९६४ मा जन्मेका उनले उच्च शिक्षा हिन्दू विश्वविद्यालय नयाँ दिल्लीबाट पूरा गरेका हुन् । प्रारम्भमा ट्युनिस,ब्रसेल्स दूतावासमा पोष्टिङ भएका उनी सन् २०१४ मा स्पेनमा राजदूत र सन् २०१६ मा म्यानमारका लागि राजदूत नियुक्त भएका थिए ।

टिप्पणीहरू