शिक्षकद्वारा बलात्कृत नाबालिकाको पेटमा चार महिनाको गर्भ

शिक्षकद्वारा बलात्कृत नाबालिकाको पेटमा चार महिनाको गर्भ

खोटाङमा १३ वर्षीया बालिका आफ्नै शिक्षकबाट बलात्कृत भएकी छन् । बालिका गर्भवती भएको परिवारले आशंक गरेपछि बलात्कारको घटना बाहिर आएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–११ का ५८ वर्षीय शिक्षक शम्भुप्रसाद घिमिरेले आफ्नै विद्यालयको कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई बलात्कार गरेका हुन् । बालिकाले घरमा अस्वाभाविक व्यवहार देखाउन थालेपछि परिवारले उनको स्वास्थ परीक्षण गराएका थिए । सो क्रममा बालिकाको पेटभित्र २५ हप्ताको गर्भ रहेको पाइएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए । लगत्तै शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

शिक्षिक घिमिरेले गत पुष ११ गतेयता विभिन्न समयमा बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए । उनले जनआस्थासँग भने, ‘ती शिक्षकले पुष ११ गतेदेखि नाबालिका विद्यार्थीलाई विभिन्न समयमा जबर्जस्ती गर्दै आएका हरेछन्, बालिकाको पेटमा गर्भ रहेको थाहा भएपछि केही दिनअघि मात्र घटना बाहिर आयो ।’

डिएसपी खड्काका अनुसार शिक्षक अवकाश हुन केही महिनामात्र बाँकी छ । हाल उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिएको छ ।

गर्भवती बालिकालाई उपचारार्थ जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको छ ।
 

टिप्पणीहरू