एकीकृत समाजवादीकाे नयाँ नेतृत्व ‘इ-भोटिङ’ बाट चुनिने

एकीकृत समाजवादीकाे नयाँ नेतृत्व ‘इ-भोटिङ’ बाट चुनिने

नेकपा एकीकृत समाजवादीले नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगमा ल्याउने भएको छ । 

काठमाडौँमा जारी दशौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तर सहमति नभए चुनावमा जाने तयारी छ । निर्वाचन भएको खण्डमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान हुने जनाइएको छ । 

महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी, डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन गरिएको छ । 

हिजो उद्घाटन भएको महाधिवशेनमा आजदेखि बन्दसत्र सुरु भएको छ । आज राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम छ । 

प्रज्ञा भवनमा जारी महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।
 

टिप्पणीहरू