बिहान फोनमा कुरा गर्नुभएका ओली प्रधानमन्त्री भेट्न सिंहदरबारमा

बिहान फोनमा कुरा गर्नुभएका ओली प्रधानमन्त्री भेट्न सिंहदरबारमा
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अहिले भेटवार्ता जारी छ । टिआरसी विधेयकलगायत समसामायिक राजनीतिक विषयमा कुराकानी गर्न दुई नेताबीच भेट भएको भनिएको छ । 

तर, अध्यक्ष ओलीले हिजो आफ्नै निवास बालकोटमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोलाएर भेटेपछि राजनीतिक वृत्त तरंगित छ । खासगरी उक्त भेटलाई लिएर माओवादीपंति सशंकित रहेको भनिएका बेला आज बिहान ओलीले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गर्नुभएको थियो । 

बिहानै फोनमा कुरा गर्नुभएका उहाँ त्यसपछि प्रधानमन्त्री भेट्न सिंहदरबार पुग्नुभएको हो ।

टिप्पणीहरू