सर्वनाममा भोलिदेखि 'पूर्णविराम' देखाइने

सर्वनाममा भोलिदेखि 'पूर्णविराम' देखाइने
सुन्नुहोस्

काठमाडौँको सर्वनाम थियटरमा नाटक 'पूर्णविराम' मञ्चन गरिने भएको छ । भोलि (सोमबार)देखि असार २९ गतेसम्म हरेक दिन नाटक देखाउन लागिएको हो । 

पहिलो दिन भोलि प्रिमियर शोसमेत राखिएको छ । आइतबारदेखि शुक्रबारसम्म हरेक दिन साँझ सवा ५ बजे देखि नाटक देखाइने छ भने शनिबार अतिरिक्त शो पनि चल्नेछ । शनिबार दिउँसो १ बजेदेखि अतिरिक्त शो लाग्ने सर्वनाम थियटरले जनाएको छ । 

बढ्दो पर्यावरणीय समस्या र त्यसले भविष्यमा पार्ने असरबारे गम्भीर चिन्ता र प्रश्न उठाइएको यो नाटक भसुरज पराजुलीले लेखेका हुन् भने आरुष मगरको परिकल्पना र निर्देशन रहेको छ । नाटकमा सगुन तामाङ, रिनेश बस्नेत, विवेक आचार्य, समाइरा श्रेष्ठ, मुकेश हमाल, समीक्षा पोडेल, मीना पूर्णिमा, असिम थारु, भूमिका थारू लगायतले अभिनय गरेका छन् । 

नाटकमा समसामायिक विषयलाई पनि प्रस्तुत गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
 

टिप्पणीहरू