रविलाई साक्षी राखेर प्रचण्ड-ओली फेरि मुलाकात

रविलाई साक्षी राखेर प्रचण्ड-ओली फेरि मुलाकात

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सँगै राखेर आज मध्यान्ह उहाँहरुले भेटघाट गर्नुभएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । 

हिजो ओली निवास बालकोटमा काँग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच भेट भएको थियो । स्थिर सरकारका लागि कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने मत राख्ने दुबैतिरका एकथरी नेताहरु भित्रभित्र सक्रिय रहेका बेला हिजोको बालकोट भेटपछि राजनीतिक वृत्त तरंगित छ ।  

आजको भेटवार्तामा प्रधानमन्त्रीले त्यसबारे चासो राखेको र ओलीले प्रष्ट पारेको बुझिएको छ । प्रधानमन्त्रीसँग भेट गरेपछि अध्यक्ष ओलीले यस्ता भेटवार्ता भइरहने भएकाले सामान्य रुपमा लिनुपर्ने बताउनुभयो । गृहमन्त्री लामिछानेले पनि यसलाई नियमित प्रक्रियाका रुपमा टिप्पणी गर्नुभयो ।
 

टिप्पणीहरू