मन्त्रालयका कृषि विज्ञलाई १५ दिनको म्याद

मन्त्रालयका कृषि विज्ञलाई १५ दिनको म्याद

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि अर्थविज्ञ सन्तोष अधिकारीलाई स्पष्टीकरण सोधिएको छ । लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका उनलाई मन्त्रालयले आज सार्वजनिक सूचना प्रकाशित गरेर आगामी १५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । 

विज्ञ अधिकारी गत मंसिर १६ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित भएका हुन् । निजामती सेवा ऐन, २०४९ मा बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार ९० दिनभन्दा बढी समय अनुपस्थित हुन नपाइने प्रावधान छ । 

मन्त्रालयको सूचनामा भनिएको छ, ‘तपाईँले बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा मिति २०७९÷०८÷१६ गतेदेखि अनुपस्थित रहनु भएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (छ) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम सजाय गर्नु नपर्ने उचित आधार र कारण निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम १५ दिनभित्र सफाई पेश गर्न जानकारी गराइन्छ ।’

टिप्पणीहरू