विमान सम्पर्कविहीन भएको अफवाह फैलाउनेमाथि कारबाहीको माग

विमान सम्पर्कविहीन भएको अफवाह फैलाउनेमाथि कारबाहीको माग
सुन्नुहोस्

तारा एयरले अफवाह समाचार फैलाउनेविरुद्ध कारबाहीको माग गरेको छ । आफ्ना ग्राहकहरुमा भ्रमपूर्ण समाचार फैलाएपछि ताराले कानुनी कारबाहीको माग गरेको हो । 

दिउँसो करिब २ बजेतिर ‘पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन’ भन्ने खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो । आफूलाई स्वःघोषित समाजिक अभियन्ता दाबी गर्दै आएकी इशा गुरुङले सामाजिक सञ्जालमा यस्तो खबर फैलाएकी थिइन् । तीन लाखभन्दा बढी फ्यान फलोअर भएकी गुरुङले केही समयपछि उक्त स्टाटस मेटाइसकेकी छन् । तर उनकै स्टाटसले जनतामा भ्रम फैलिएपछि तारा एयरसमेत अफ्ठ्यारोमा परेको हो । 

कम्पनीले भ्रमपूर्ण खबरमा विश्वास नगर्न आफ्ना ग्राहकलाई आग्रह गरेको छ । ‘उक्त गलत र भ्रमपूर्ण समाचार सत्य नभएकाले यस्ता समाचारपछि नलाग्न सम्पुर्ण सरोकारवालाहरुमा अनुरोध गरिन्छ’, कम्पनीले भनेको छ,  ‘यस्तो अफवाह समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी कारबाही अघि बढाउने समेत सूचित गरिन्छ ।’

टिप्पणीहरू