प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी सिफारिस

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी सिफारिस

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अधिकारीलाई उक्त पदमा नियुक्तिको लागि आजै सिफारिस गर्नुभएको छ ।  

पूर्वसचिव अधिकारीलाई संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम नियुक्तिका लागि सिफारिस गरिएको संसद सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डे महासचिव नियुक्त भएपछि उक्त पद रिक्त भएको थियो । संखुवासभाका अधिकारीले केही महिनाअघि शिक्षा मन्त्रालयबाट अवकाश पाएका हुन् ।

टिप्पणीहरू