पूर्व मन्त्रीहरुको एमाले प्रवेश

पूर्व मन्त्रीहरुको एमाले प्रवेश

नेपाली काँग्रेसका नेता जितेन्द्रनारायण देव र लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष अकबाल अहमद साह नेकपा एमाले प्रवेश गरेका छन् । 

देव र साहलाई अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टी कार्यालय, च्यासलमा खादा लगाएर स्वागत गर्नुभएको हो ।

देव पूर्व राष्ट्रियसभा सदस्य तथा पूर्व पर्यटनमन्त्री हुन् भने साह पनि संविधानसभा सदस्य तथा पूर्वमन्त्री हुन् । 

आजै अन्य विभिन्न पार्टीका एक दर्जनबढी नेता तथा कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।

टिप्पणीहरू