काँग्रेसको भोलिको बैठक पनि बूढानीलकण्ठमा

काँग्रेसको भोलिको बैठक पनि बूढानीलकण्ठमा
सुन्नुहोस्

नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । भोलि बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक राखिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा काँग्रेस र एमालेबीच भएको गएरातिको सहमति र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । दुई दल संविधान संशोधनलगायत विभिन्न एजेण्डा र राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएका हुन् ।

सहमतिमा सभापति देउवा र अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ ।


 

टिप्पणीहरू