एमाले अध्यक्ष काँग्रेस मुख्यालयपछि आफ्नै कार्यालयमा

एमाले अध्यक्ष काँग्रेस मुख्यालयपछि आफ्नै कार्यालयमा
सुन्नुहोस्

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भएको हो ।

आजको बैठकले विकसित राजनीतिक घटनाक्रम र नेपाली काँग्रेससँगको नयाँ गठबन्धनबारे जानकारी गराउँदै आवश्यक निर्णय गर्ने बुझिएको छ ।

यसअघि उहाँ नेपाली काँग्रेसको मुख्यालय सानेपा जानुभएको थियो । त्यहाँ आयोजित भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सम्बन्धी विशेष फोटो प्रदर्शनी अवलोकन गरेर उहाँ च्यासल फर्कनुभएको हो ।

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । गृहमन्त्री लामिछाने केहीबेर अघि भेटका लागि त्यहाँ पुग्नुभएको हो ।

टिप्पणीहरू