भोलिसम्म राजीनामा दिन प्रधानमन्त्रीलाई एमालेको आग्रह

भोलिसम्म राजीनामा दिन प्रधानमन्त्रीलाई एमालेको आग्रह
सुन्नुहोस्

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भोलिसम्म राजीनामा दिन आग्रह गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गर्दै आफू र नेपाली काँग्रेसबीच भएको सहमतिलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीले राजीनामा दिएर संविधानको धारा ७६ (२) को सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।

त्यस्तै गएराति भएको दुई दलबीचको सहमतिअनुरुप अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागिताका लागि संसदमा रहेका सबै दललाई आह्वान गर्ने निर्णयसमेत गरिएको छ । एमालेले रानीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्न लागिएको जनाएको छ ।

टिप्पणीहरू