प्रधानमन्त्री दाहाल सबैभन्दा अस्थिर नेता : गगन थापा

प्रधानमन्त्री दाहाल सबैभन्दा अस्थिर नेता : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ लसपस गरेपछि सरकार दुर्घटनामा परेको बताएका छन् । विरानगर विमानस्थलमा कुराकानी गर्दै उनले प्रधानमन्त्रीको हात–खुट्टा पसार्ने बानीकै कारण नयाँ गठबन्धन बनाउनुपर्ने अवस्था आएको ठहर गरेका छन् । 

‘अहिलेको गठबन्धनको परिस्थिति बनेको सम्पूर्ण कारण प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरता हो, सरकार बनेको दुई–चार महिनामै नयाँ गठबन्धन बन्थ्यो ? बन्दैन थियो’, उनले भने, ‘अहिले एमालेसँग सरकारमा बसिसकेपछि पनि नयाँ खालको लसपस र हात–खुट्टा पसारी सकेपछि यो दुर्घटना भएको हो ।’

महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई नेपालको राजनीतिमा सबैभन्दा अस्थिर नेताको संज्ञा दिएका छन् । ‘नेपालको राजनीतिमा प्रचण्ड यति धेरै अस्थिर हुनुभयो कि उहाँसँग कसैको विश्वास रहेन र अहिलेको परिस्थिति सृजना भएको हो’, उनले थपे ।
 

टिप्पणीहरू