सहकारी ठगी प्रकरणमा गृहमन्त्रीबाहेक अरूलाई बोलाइयो

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीबाहेक अरूलाई बोलाइयो
सुन्नुहोस्

सहकारी प्रकरणमा छानबिन गर्न गठित संसदीय समितिले गृहसचिवसहित नेपाल प्रहरीका आइजी र केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुखलाई छलफलमा बोलाएको छ । 

सिंहदरबारमा बसेको समितिको बैठकले गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्यामलाल ज्ञवालीलाई भोलिको बैकठमा उपस्थित हुन भनिएको छ ।

यस्तै, समितिले समस्याग्रस्त २९ सहकारीका सञ्चालकलाई पनि विभिन्न समय तोकेर छलफलमा उपस्थित हुन निर्देशन दिएको छ ।

सञ्चालकहरुलाई उपस्थित नभए कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने समितिका संयोजक सूर्य थापाले बताए । आजको बैठकमा महालेखापरीक्षक तोयम राय, सम्पती शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई बोलाएर छलफल गरिएको थियो ।
 

टिप्पणीहरू