साथीलाई सेकेर दुर्गा प्रसाई भारततिर

साथीलाई सेकेर दुर्गा प्रसाई भारततिर
सुन्नुहोस्

मेडिकल व्यवसायी तथा राजावादी दुर्गा प्रसाईं नेतृत्वको 'नागरिक बचाऊ महाभियान'का अर्का एक सदस्य निष्कासनमा परेका छन् । 

'शुद्धीकरण अभियान' का नाममा पछिल्लो समय प्रसाईंका आलोचकहरु भटाभट कारवाहीमा परिरहँदा अभियानका सदस्य यदुनाथ सिग्देल पनि गलहत्याईएका हुन् । उनलाई अभियानको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको 'दुर्गा प्रसाईंको सचिवालय'ले जानकारी दिएको छ । 

सिग्देलले अनुशासनहीन गतिविधि गरेकाले हटाउनुपरेको जनाइएको छ । जिल्लादेखि केन्द्रीय तहसम्मको समितिहरुमा भएका घुसपैठ र खराब आचरण देखिएका सदस्य तथा पदाधिकारीहरुमाथि छानविन गरी दोषी देखिएकाहरुलाई तत्काल कारवाही गर्न हालै गठन भएको उच्चस्तरीय कार्यदलका सदस्य डा. राजीव झालाई कपोलकल्पित आरोप लगाएको र समग्र अभियानलाई बद्नाम गराउने काम गरेको प्रमाणका आधारमा उनलाई संगठनबाट आउट गरिएको फेसबुक सूचनामा उल्लेख छ । 

यता, प्रसाईं भने स्थलमार्ग हुँदै भारततिर लागेका छन् । झापाको बिर्तामोड-५ स्थित निजी निवासबाट प्रदेश-१-०१ ००१ च ९१९५ नं. को गाडी चढेर आज अपराह्न काकडभिट्टा नाका हुँदै उनी कोलकाता प्रस्थान गरेको बताइएको छ ।

टिप्पणीहरू