जिल्ला प्रहरी परिसर काठमाडौं टेकूबाट भद्रकाली नजिकै सर्दै

जिल्ला प्रहरी परिसर काठमाडौं टेकूबाट भद्रकाली नजिकै सर्दै

जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबारदेखि भद्रकालीस्थित नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ । परिसर भद्रकालीस्थित पूर्ण रुपमा निर्माण भइसकेको नवनिर्मित भवनमा भोलि स्थानान्तरण हुने बताइएको छ । 

२०७२ सालको विनाशकारी भूकम्पपछि हनुमानढोकामा रहेको भवन भत्किएपछि जिल्ला प्रहरी परिसर टेकूमा सरेको थियो । त्यसयता, नेपाल आयल निगमको भवन परिसरबाट सेवा प्रवाह गरिँदै आइएकोमा कृषि विकास बैंकको मुख्यालय पछाडिको १५ रोपनी जग्गामा परिसरको अत्याधुनिक भवन निर्माण भइसकेको छ । 

परिसरले सूचना जारी गर्दै भनेको छ, ‘हाल टेकूस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयको परिसरबाट दैनिक काम गर्दै आइरहेकोमा यस परिसरको लागि काठमाडौं महानगरपालिका–११, भद्रकालीस्थित रहेको जग्गामा भवन पूर्ण रुपमा निर्माण भइसकेको र उक्त नवनिर्मित भवनमा मिति २०८१/०३/२२ गते शनिबार स्थानान्तरण भई मिति २०८१/०३/२३ गते आइतबारदेखि सेवा प्रवाह गरिने जानकारी गराइन्छ ।’

टिप्पणीहरू