दलाई लामाको जन्मोत्सव समारोहमा मुख्यमन्त्रीको दलबल

दलाई लामाको जन्मोत्सव समारोहमा मुख्यमन्त्रीको दलबल
सुन्नुहोस्

तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मोत्सव समारोहमा सहभागी हुन भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ हिमाचल प्रदेशको धर्मशाला पुगेका छन् । धर्मशालास्थित दलाई लामाको निवासमा आज ८९ औं जन्मोत्सव मनाउने तयारी छ । 

प्रतिनिधिमण्डलसहित हिजो त्यहाँ पुगेका भारतीय मुख्यमन्त्री तामाङलाई निर्वासित सरकारका क्याबिनेट सचिव छेग्याल चुक्या द्रान्यीले स्वागत गर्नुका साथै उनको सम्मानमा स्वागतभोजको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा दलाई लामाको निर्वासित सरकारका गृह विभागीय सचिव पाल्तेन धोन्धुप र सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सचिव कर्मा छोययिङ पनि पुगेको बताइन्छ ।

आज धर्मशालाको मुख्य भवन थुक्चेन चोयलिङ चुक्लाखाङ परिसरमा लामाको जन्मोत्सव मनाउन विशेष तयारी गरिएको छ । उक्त समारोहमा भाग लिन भारत सरकारको तर्फबाट मुख्यमन्त्रीसँगै राज्यसभाका सभामुख मिङमा नोर्बु शेर्पा,भवन तथा आवास एवम् श्रममन्त्री भिमाहाङ सुब्बा,कृषि तथा पशुपालनमन्त्री पुरनकुमार गुरुङ, वन तथा वातावरणमन्त्री पिन्सो नामग्याल लेम्चालगायत अन्य अन्य सरकारी अधिकारीहरु पनि धर्मशाला पुगेका छन् ।

टिप्पणीहरू