जताततै बाढी र पहिरो, अरुण तेस्रोको डाइभर्सन टनेल थुनियो

जताततै बाढी र पहिरो, अरुण तेस्रोको डाइभर्सन टनेल थुनियो

हिजो बेलुकीदेखि लगातार परेको वर्षाका कारण मुलुकका अधिकांश भूभागमा बाढीसँगै पहिरो गएको छ । अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनिएको छ । 

सुरुङ थुनिएपछि अस्थायी बाँधमा पानी भरिएको बताइएको छ । बाँधमा पानी भरिएकाले तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ ।

यता राजधानीमा हनुमन्ते नदीमा आएका भक्तपुरको राधेराधे क्षेत्रको बस्ती डुबानमा परेको छ । त्यस्तै बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ ।

उता बेनी–जोमसोम सडक पनि वर्षापछि आएको पहिरोले अवरुद्ध भएको छ । बैसरीममा आएको पहिरोले उक्त सडक खण्ड अवरुद्ध भएको हो ।

पहिरोका कारण हेटौंडा–काठमाडौं र बुटवल–पाल्पा सडक खण्डमा पनि सवारी साधन रोकिएका छन् ।

टिप्पणीहरू