दलाई लामाको जन्मोत्सव,अमेरिकी र फ्रान्सेली राजदूतको जमघट

दलाई लामाको जन्मोत्सव,अमेरिकी र फ्रान्सेली राजदूतको जमघट
सुन्नुहोस्

तिब्बती निर्वासित धार्मिक नेता दलाई लामाको जन्मोत्सव आज बिहान काठमाडौंको बौद्धमा मनाइएको छ । तीनचुलीस्थित ह्याल्मो समाज सेवा केन्द्र (हेल्मो गुम्बा) मा १४ औं अवतारी लामाको ८९ औं जन्मोत्सव बिहान ८ बजे पूजापाठ गरी केक काटेर शुरु भएको थियो ।

सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको जन्मोत्सवमा नेपालस्थित अमेरिकी र फ्रान्सेली राजदूतको सहभागिता थियोे  । त्यस्तै अष्ट्रियाली दूतावासका उपनियोग प्रमख पनि उक्त कार्यक्रममा पुगेका थिए ।

दुई सय जनाको सहभागिता रहेको कार्यक्रममा दलाई लामाका नेपाल प्रतिनिधि ङवाङ छोडुप र चन्दा संकलक शम्भु लामासहित सहभागी थिए । कार्यक्रम  साढे १० बजे सकियो ।  

लामाको ८९ औं जन्मोत्सव कार्यक्रममा आवश्यक सहयोगका लागि तिब्बती शरणार्थी समुदाय कार्यालयले यसअघि जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई लिखित अनुरोध गरेको थियो ।

बुधबार तिब्बती शरणार्थीका प्रतिनिधि ङवाङ,बौद्धस्थित क्याम्प प्रमुख फुर्बु र सचिव कर्मा ग्याल्छेनले लेखेको पत्रमा सिडिओलाई आफ्नो कार्यक्रम सफल बनाउन सुरक्षा व्यवस्थाको निम्ति आग्रह गरिएको थियो ।

टिप्पणीहरू