अवैध चिनी छाडेको भन्दै सशस्त्रका एसपी तानिए

अवैध चिनी छाडेको भन्दै सशस्त्रका एसपी तानिए

मोरङका सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्का हेडक्वार्टर तानिएका छन् । भारतबाट ल्याइएको अवैध चिनीलाई भन्सार कार्यालयमा नबुझाई छाडिएपछि उनी मुख्यालय, हलचोक तानिएका हुन् ।

सशस्त्र मुख्यालय स्रोतले यो सूचनाको पुष्टि गरेको छ । स्रोत भन्छ, ‘अवैध चिनी समातेर भन्सार कार्यालयमा बुझाउनुपर्नेमा त्यसो नगरेको बुझियो । वास्तविकता पत्ता लगाउन खड्कालाई यता तानेर छानबिन थालिएको छ ।’

 

टिप्पणीहरू