भारतले धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली किनारमा खतरा

भारतले धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली किनारमा खतरा

भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ । 

यहि असार २९ गते बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म बाँधको ढोका खोलिन लागेको हो । उत्तराखण्ड राज्यको धारचुला पिथौरागढ जिल्लास्थित छिरकिल्लामा रहेको जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि महाकाली नदी किनारका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। 

परियोजनाको सिल्ट सरसफाई गर्नका लागि बाँधको ढोका खोलिने भनी एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशनबाट पत्र आएको जिल्ला प्रशासन कार्यालय, बैतडीले जनाएको छ । प्रशासनले सार्वजनिक सूचना निकाल्दै महाकाली नदीको जलस्तर बढ्न सक्ने भएकाले किनारका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । 

सूचनामा उल्लेख छ, ‘मिति २०८१-०३-२९ गते बिहान ६ बजेदेखि २०८१-०३-३० गतेसम्म र तत्पश्चात् समेत महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउन जानकारी गराइन्छ ।’ भारतले हरेक वर्ष वर्षायाममा धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने गरेको छ ।
 

टिप्पणीहरू