नेकपा एसमा केन्द्रीय सदस्य रोज्ने जिम्मा प्रदेशलाई

नेकपा एसमा केन्द्रीय सदस्य रोज्ने जिम्मा प्रदेशलाई

नेकपा (एकीकृत समाजवादी)ले प्रदेश इञ्चार्ज र सचिवलाई केन्द्रीय समिति सदस्यको ड्राफ्ट तयार पार्ने जिम्मेवारी दिएको छ । 

आज बसेको सो पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो । नेता जगन्नाथ खतिवडाले केही दिनभित्र प्राप्त ड्राफ्टलाई निर्णय गरेर केन्द्रीय कमिटीलाई पूर्णता दिने जानकारी गराउनुभयो । बढीमा १० दिनभित्रमा केन्द्रीय सदस्यको टुंगो लाग्ने उहाँको भनाई छ । 

बैठकले यसअघि कायम प्रदेश इञ्चार्जहरुलाई सोही जिम्मेवारीमा रहेर काम गर्न दिने निर्णय पनि गरेको छ ।
 

टिप्पणीहरू