हिलाम्मे सडकमा गाडी फसेपछि राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोगका लागि अनुरोध

हिलाम्मे सडकमा गाडी फसेपछि राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोगका लागि अनुरोध
सुन्नुहोस्

तनहुँको मनहरीमा हिलाम्मे सडकमा सवारी साधनहरु फसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएकाले पोखराबाट मुग्लिनतर्फ आइरहेका र मुग्लिनबाट पोखरातर्फ गइरहेका सवारी साधनका यात्रुहरु बिचल्लीमा परेका छन् ।

मुग्लिन–पोखरा सडक खण्ड विस्तारको क्रममा लगातारको वर्षापछि उक्त स्थानमा सडक हिलाम्मे भएको छ । उक्त सडक हिजोदेखि नै अवरुद्ध थियो । 

आज बिहान एकतर्फी यातायात सञ्चालनमा आएको बताइएपछि पुनः गाडी फसेको हो । वैकल्पिक रुपमा दमौलीको भोर्लेटार चोकबाट लमजुङको दुईपिप्ले हुँदै कास्कीको देउराली जाने बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

टिप्पणीहरू