पूर्वराजाले पुनः गद्दी आरोहण गर्नेमा राप्रपा उपाध्यक्ष विश्वस्त

पूर्वराजाले पुनः गद्दी आरोहण गर्नेमा राप्रपा उपाध्यक्ष विश्वस्त
सुन्नुहोस्

पूर्वपञ्चहरुको पार्टी राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाह छिट्टै गद्दीमा फर्किने विश्वास गरेका छन् । 

वैकल्पिक राजनीतिको धार छाडेर गत आमनिर्वाचनअघि राप्रपा छिरेका उनले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले राजसंस्था पुनस्र्थापित हुने आशा थप जगाएको बताएका हुन् । पूर्वराजा शाहको ७८औँ जन्मदिनको उपलक्ष्यमा शुभकामना दिँदै मिश्रले ज्योतिषीहरुले पनि त्यसै भनेको जानकारीसमेत गराए । 

देशको विकास र समृद्धिका लागि राजा, राजनीतिक दल र जनताबीच ‘नवीन समझदारी’ गर्नुपर्ने तर्क राख्दै आएका उनले यस्तै अवस्था रहे भड्खालोमा पर्ने दाबी गरेका छन् । ज्योतिषहरुले पनि यहि वर्ष राजसंस्था फर्किने भविष्यवाणी गरेको र राजनीति पनि त्यहि दिशामा अघि बढिरहेको उनको भनाई छ । 

पूर्वराजा ज्ञानेन्द्रको फोटो सेयर गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘जन्मदिनको शुभकामना ! ज्योतिषीहरू भन्छन् ः २०८१–८२ सालभित्र नेपालमा राजसंस्था पुनस्र्थापित हुन्छ । राजनीति त्यही दिशामा अघि बढिरहेको प्रतित हुन्छ ।’

संविधान संशोधन गर्ने काँग्रेस र एमालेबीच हालै भएको समझदारीको राप्रपाले स्वागत गरेको छ । राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डामा राजनीति गर्ने उक्त पार्टी त्यस अनुकूल परिस्थिति सृजना गराउन सरकारमा जाने तयारीमा रहेको बताइन्छ ।

टिप्पणीहरू