कालीगण्डकीमा जल सतह बढेपछि रानीमहल जोखिममा
लगातार वर्षापछि आएको बाढीका कारण पाल्पाको रानीमहल जोखिममा परेको छ । कालीगण्डकीमा आएको बाढीले तानसेन नगरपालिका–१३ मा रहेको रानीमहल जोखिममा परेको हो ।
महल वरपरका एक दर्जन अस्थायी पसल र नजिकैको पार्क डुबानमा परिसकेका छन् । तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाले यसअघि महल जोगाउन तटबन्ध निर्माण गर्ने बताएका थिए । तर हालसम्म निर्माण भएको छैन ।
कालीगण्डकीमा हिजोदेखि आएको बाढी १० वर्षयताकै ठूलो भएको बताइएको छ ।
उक्त महल वि.सं. १९५१ मा तत्कालीन जनरल खड्गशमशेर राणाले आफ्नी रानी तेजकुमारीको सम्झनामा बनाएका थिए ।
टिप्पणीहरू