स्वर्गीय राजा महेन्द्रको बेडरुमको अवलोकन सित्तैंमा

स्वर्गीय राजा महेन्द्रको बेडरुमको अवलोकन सित्तैंमा
सुन्नुहोस्

चितवनको भरतपुरमा रहेको ‘दियालो बंगला दरबार’ आजदेखि औपचारिक रुपमा सर्वसाधरणका लागि खुला गरिएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा उक्त दरबार सर्वसाधारणका लागि खुला गरिएको बताइएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले उद्घाटन गर्नुभएको हो । २०१९ सालमा निर्मित उक्त दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिन्छ ।

बंगलामा राजा महेन्द्र अन्तिम पटक सुतेको बेडरुम, भान्छा कोठा, शिकारको लागि प्रयोग गरिएका सामाग्रीलगायत सुरक्षित छन् । अब सर्वसाधारणले उक्त सामाग्री र कक्षको अवलोकन गर्न पाउने छन् ।

हाललाई निःशुल्क अवलोकन व्यवस्था मिलाइए पनि पछि कार्यविधि बनाएर सशुल्क हुने जानकारी दिइएको छ ।

टिप्पणीहरू