रुसी सेनामा भर्ना भएका भारतीय स्वदेश फिर्ता हुँदै
रुसी सेनामा भर्ति भएका भारतीय नागरिक फिर्ता हुने भएका छन् । भारतको अनुरोधमा रुस सहमत भएपछि त्यहाँ रहेका भारतीयलाई स्वदेश ल्याइने भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा गरेको भेटमा गरिएको आग्रहलाई रुसले सकारात्मक रुपमा लिएको बताइएको छ ।
रुसी सेनामा कम्तीमा एक सय जना भारतीय भर्ना भएको आशंका छ । हालसम्म तीमध्ये दुई जनाको युक्रेन नजिकैको क्षेत्रमा ज्यान गएको भारतीय विदेश मन्त्रालयले यसअघि नै जानकारी दिएको थियो ।
टिप्पणीहरू