गेष्ट हाउसमा वेश्यावृति, प्रेग्नेन्सी टेस्ट किट र गर्भ निरोधक चक्की बरामद

गेष्ट हाउसमा वेश्यावृति, प्रेग्नेन्सी टेस्ट किट र गर्भ निरोधक चक्की बरामद

नाबालिकालाई जबर्जस्ती वेश्यावृतिमा लगाएको आरोपमा दुई जना समातिएका छन् । 

सिन्धुली घर भइ हाल भक्तपुरको जडिबुटीमा गेष्ट हाउस सञ्चालन गर्दै आएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुविलाल सिंतानलाई प्रहरीले उक्त आरोपमा पक्राउ गरेको छ । यी दुईले कमजोर आर्थिक अवस्थाका नाबालिकाहरुलाई होटलमा आउने ग्राहकसँग जबर्जस्ती यौन सम्बन्ध राख्न बाध्य पारेको प्रहरीले जनाएको छ ।

होटल सञ्चालकले शुरुमा ग्राहकहरुसँग बसेर खान लगाई धेरै बील उठाउने र त्यसपछि यौन सम्बन्ध राख्न दबाब दिने गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । उनका अनुसार तीन बालिकाको उद्धारसमेत गरिएको छ ।

प्रतिव्यक्ति एक हजारदेखि पाँच हजारसम्म शुल्क लिएर नाबालिकाहरुलाई यौन धन्दामा लगाएको सूचना पाएपछि प्रहरीले गेष्ट हाउसमा छापा हानेको थियो । त्यहाँबाट परिवार नियोजनका अस्थायी साधन, प्रेग्नेन्सी टेस्ट किट र गर्भ निरोधक चक्की समेत बरामद गरेको  प्रहरीको जनाएको छ ।

टिप्पणीहरू