त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा एक हुल मानिस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा एक हुल मानिस
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे आज बिहान सफा गरिएको छ । एक हुल मानिसले धावन मार्ग र वरपरका अनावश्यक वस्तुहरु संकलन गरेको बताइएको छ । 

बिहान साढे ७ बजेको समयमा नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणको संयुक्त आयोजनामा ‘किप र्याम्प क्लिन, किप र्याम्प क्लियर, नो फुड, नो फियर’ नाराका साथ विमानस्थल रन वेको सरसफाइ गरिएको हो ।

विमानस्थलमा रहेका विभिन्न निकायका कर्मचारीको सहभागितामा सम्पन्न कार्यक्रममा झण्डै तीन दर्जनको उपस्थिति थियो । उनीहरुले धावनमार्ग र वरपर रहेका ढुङ्गा, माटो, धातु र प्लास्टिकका टुक्रा टिपेका हुन् । ती वस्तु विमानको चक्का वा इञ्जिनमा पुगेमा ठूलो दुर्घटना हुनसक्ने भएकाले समय समयमा रन वे सफाइ गर्ने गरिन्छ ।

टिप्पणीहरू