आठ हजारमा बारको मेलमिलाप तालिम

आठ हजारमा बारको मेलमिलाप तालिम
सुन्नुहोस्

ललितपुर बार एशोसिएशनले मेलमिलाप तालिम सञ्चालन गर्ने भएको छ । 

आगामी साउन ५ गतेदेखि साउन १२ गतेसम्म तालिम सञ्चालन गरिने जिल्ला बारका सचिव अधिवक्ता छोनम मोक्तानले बताए । उनका अनुसार लगनखेलस्थित बारको आफ्नै भवनमा बिहान साढे ९ बजेदेखि बेलुका ५ बजेसम्म तालिम चल्नेछ । 

तालिममा सहभागी हुन चाहनेले साउन ३ गतेभित्र आवेदन दिइसक्नुपर्ने उनले जानकारी दिए । आवेदनसँगै स्नातक तह उत्तीर्ण प्रमाणपत्र र नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो बुझाउनुपर्नेछ ।

तालिम शुल्क आठ हजार रुपैयाँ तोकिएको छ ।
 

टिप्पणीहरू