‘घरज्वाइँ’का लागि वरिष्ठहरुको लाइन

‘घरज्वाइँ’का लागि वरिष्ठहरुको लाइन

आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘घरज्वाइँ’को प्रिमियर सम्पन्न भएको छ । 

हिजो साँझ काठमाडौँको बिग मुभिजमा प्रिमियर आयोजना गरिएको हो । प्रिमियरमा उपसभामुख इन्दिरा राना, विभिन्न राजीतिक दलका नेता, चलचित्र निर्देशक, कलाकारलगायतको बाक्लो उपस्थिति थियो । 

उपसभामुख रानाले मौलिक कथा प्रस्तुत गरेको ‘घरज्वाइँ’ उत्कृष्ट चलचित्र बनेको प्रतिक्रिया दिइन् । मगर समुदायको कथालाई सुक्ष्म रुपमा अध्ययन गरेर निर्माण गरिएको भन्दै उनले चलचित्र र कलाकारको प्रशंसा गरिन् । 

घरज्वाइँ’मा दयाहाङ राई,मिरुना मगर,शिशिर वाङ्देल,बुद्दि तामाङ, पुष्कर गुरुङ,खड्कबहादुर पुनलगायतको मुख्य भूमिका छ । चलचित्रको निर्देशन ‘आग्रे’ फेम्ड अनिल बुढाले गरेका हुन् ।

 

टिप्पणीहरू