सिंहदरबारमा ‘बम राखेको’ भनी हिंड्ने जँड्याहा समातिए

सिंहदरबारमा ‘बम राखेको’ भनी हिंड्ने जँड्याहा  समातिए
सुन्नुहोस्

सिंहदरबारमा ‘बम राखेको’ हल्ला फिँजाउने एक जना पक्राउ परेका छन् । आफूले सिंहदरबारमा बम राखेको भन्दै प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गर्ने प्रेमबहादुर बस्नेत समातिएका हुन् । 

‘उहाँले सिंहदरबारमा बम राखेको छु भनेर फोन गर्नुभएको थियो । त्यसपछि यहाँबाट टोली परिचालन गरियो । उहाँलाई सोह्रखुट्टेबाट समातेका हौं । उहाँले मादक पदार्थ सेवन गर्नुभएको पाइएको छ । थप अनुसन्धानका लागि उहाँलाई जिल्ला प्रहरी परिसर,काठमाडौं पठाउन लागेका छौं’, उनले भने ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले केही बेरअगाडि उनलाई सोह्रखुट्टेबाट नियन्त्रणमा लिएको हो । उनले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताए । बस्नेतलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर,काठमाडौं पठाउन लागिएको उनले जानकारी दिए । 

टिप्पणीहरू