पोखरा एअरपोर्ट निर्माणमा अनियमितता भएको ठहर

पोखरा एअरपोर्ट निर्माणमा अनियमितता भएको ठहर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा छानबिनका लागि गठित संसदीय उपसमितिले विमानस्थल निर्माणको क्रममा अनियमितता र गम्भीर त्रुटीहरु भएको निश्कर्ष निकालेको छ ।

सार्वजनिक लेखा समितिले सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठन गरेको उपसमितिले तीन दिनसम्मको स्थलगत अध्ययनपछि उक्त त्रुटी फेला पारेको हो ।

११ जना सांसद र दुई जना कर्मचारीसहितको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रमण गरेपछि आज पोखरा विमानस्थलस्थलमा बोल्दै लिंगदेनले भने, ‘थप प्राविधिक अध्ययनको आवश्यकता देखिन्छ ।’ 

विमानस्थल २५ अर्ब ३४ करोड रुपैयाँ चिनियाँ सहुलियतपूर्ण ऋण र अनुदानमा निर्माण भएको हो । उक्त परियोजनाको प्रमुख नागरिक उड्डयन प्राधिकरण नेपालका हालका  महानिर्देशक प्रदीप अधिकारी थिए ।

टिप्पणीहरू