सञ्चारमन्त्रीमा गिरीको सम्भावना

सञ्चारमन्त्रीमा गिरीको सम्भावना
सुन्नुहोस्

सरकारको नेतृत्व गर्ने अवसर आउनै लाग्दा एमालेभित्रका एकथरी नेता तथा कार्यकर्ताले पुरानोको भाग पुगिसक्यो, अब अञ्जान शाक्य, महेश बर्तौला र सुनिता बरालजस्ता नयाँ पुस्तालाई मन्त्री बनाएर तरक्की गर्नुपर्छ भन्दै अध्यक्ष ओलीसमक्ष लबिङ गर्न पुगेका छन् भने अर्कोथरीले चाहिँ चुनाव अघिको सरकार हो । चुनावको बेला सहमतिअनुसार हाम्रो नेतृत्व हुनेवाला पनि छैन । त्यसैकारण यो कुरालाई ध्यानमा राखेर विष्णु पौडेल, पिएस गुरुङ, छविलाल बिक, योगेश भट्टराईजस्ता परिचित नेतालाई मन्त्री बनाउनुपर्‍यो भन्न थालेको अवस्था छ । कांग्रेसतर्फबाट ज्ञानेन्द्र कार्की र रमेश लेखकजस्ता अनुभवी नेता सामेल हुने अड्कल काटेका छन् । 

सिटौला नरिसाउने, चुरो कुरा बुझ्ने र अडान पनि नछाड्ने हुन सक्छन् । तर उनी झापा जिल्लाकै भएको र ओलीभन्दा राजनीतिमा सिनियर, उमेरमा पनि दुई वर्ष जेठा भएकाले दुई जनाबीच र्‍याङठ्याङ मिल्ने सम्भावना छैन । उता, गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल सरकारमा नजाने अवस्था छ ।  

अर्कोतर्फ एमाले वृत्तभित्र प्रचण्डको नेतृत्वमा सामेल भएका राजेन्द्र राई, बलराम अधिकारी, ज्वालाकुमारी साह, भगवती चौधरी र दामोदर भण्डारीले झण्डा हल्लाउनुबाहेक खासै केही गर्न नसकेको आरोप छ । जस्ता मन्त्रीहरूले यसैकारणले अब बन्ने मन्त्रिमण्डलमा प्रवक्ताका रुपमा पदम गिरीबाहेक अरु सबैलाई दोहोर्‍याउने मनस्थितिमा अध्यक्ष ओली नरहेको बताइन्छ । २–३ महिनाकै अवधिमा रवि लामिछाने, सुमना श्रेष्ठलगायत केहीले ठोकठाक गरेरै भए पनि मन्त्रिमण्डलमा आफ्नो उपस्थिति रहेको जनाउ दिन सफल भए तर एमालेबाट गएका कसैले त्यो मौका पाएनन् ।

दोहोरिन सक्ने गिरीले दुई दुई पटक जितेको, पर्वतमा पृथ्वीसुब्बा गुरुङ खेमालाई गर्लम्मै लडाएर ओली समूहको वर्चश्व कायम राख्न भूमिका निभाएको, अरुसँग पनि कुराकानी मिलाउन सक्ने क्षमता भएका कारण निरन्तरता पाउने आधार भएको बताइन्छ । त्यसो त गिरीले ३५ जना जिल्ला न्यायाधीशको नियुक्त गर्ने बेला म मन्त्री भए पनि मेरो पार्टीले सरकारबाट समर्थन फिर्ता लिएकाले नियुक्तिमा सही गर्न मिल्दैन भन्दै निर्णय रोक्न सफल भएका थिए । यसै कारण पनि दोहोर्‍याएर मन्त्री बनाउनुपर्ने पहिलो नाममा गिरी रहेको बताइन्छ । 

टिप्पणीहरू