पृथ्वी राजमार्ग बिहानैदेखि अवरुद्ध
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको हुग्दी खोला नजिकै गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार पहिरोले राजमार्ग पुरेका कारण दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।
आज बिहान ५ बजे लेदोसहितको पहिरो खसेपछि यातायात सुचारुको प्रयास गरिएको थियो । प्राप्त जानकारी अनुसार राजमार्ग भर्खरै एकतर्फी रुपमा खुलेको छ ।
टिप्पणीहरू