उपाध्यक्ष र महासचिवसामु देउवा–ओलीबीच अढाई घण्टा गफ

उपाध्यक्ष र महासचिवसामु देउवा–ओलीबीच अढाई घण्टा गफ

 नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो साँझ बूढानीलकण्ठमा झण्डै दुई घण्टा ३० मीनेट कुराकानी भएको छ । 

भेटमा मूलतः एमाले अध्यक्षको नेतृत्वमा बन्ने आगामी सरकारमा अन्य साना दललाई सहभागी गराउनेबारे छलफल भएको बुझिएको छ । हिजोको भेटमा एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी हुनुहुन्थ्यो ।

नेपाली काँग्रेसको तर्फबाट प्रमुख सचेतक रमेश लेखक र सभापति पत्नी तथा काँग्रेस नेतृ डा. आरजू राणाको उपस्थिति थियो । स्रोत भन्छ, ‘हिजोको छलफलमा दुई दलबीच मन्त्रालय भागबण्डाको मोटामोटी सहमति भएको छ । काँग्रेसले गृहसहित १० र एमालेले प्रधानमन्त्रीसहित नौ मन्त्रालय लिनेछन् ।’

तर,उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल,सिके राउतको जनमत, अशोक राईको जसपा नेपाल, महन्थ ठाकुरको लोसपा र रेशम चौधरीको नाउपालाई पनि सरकारमा सहभागी गराएर दुई तिहाई बहुमत पुर्याउन देउवा र ओली सहमत हुनुभएको बताइन्छ । ती सबै दललाई कम्तीमा एउटा मन्त्रालय दिँदा काँग्रेस र एमालेको भागबाट थप मन्त्रालय कटौती हुने निश्चित छ ।

टिप्पणीहरू