पहिरोले बगाएको एन्जल डिलक्समा दुई दर्जन यात्रु (नामसहित)

पहिरोले बगाएको एन्जल डिलक्समा दुई दर्जन यात्रु (नामसहित)
सुन्नुहोस्

चितवनको नारायणघाट–मुग्लिङ्ग सडकखण्डमा लेदोसहितको पहिरो खस्दा बगेको बसमा सवार केही यात्रुको विवरण सार्वजनिक भएको छ । 

गएराति ३ बजेदेखि भएको अविरल वर्षाका कारण पहिरो जाँदा त्रिशुलीमा बगेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार दुई दर्जनमध्ये डेढ दर्जन यात्रुको विवरण प्राप्त भएको हो । तर, यात्रुको पुरा नाम र ठेगाना भने खुल्नसकेको छैन् । 

उक्त बसमा आधा दर्जन भारतीय नागरिक पनि सवार रहेको पाइएको छ । बसको साहु राजेन्द्र केसी र चालक जवाहिर महतो बेपत्ता छन् । त्यस्तै, सहचालकको पूरा विवरण खुलेको छैन् । अरबिन्द दुवे, हरिन्द्र पण्डित, प्रमानन्द जी, हृदयनारायण राउत, सालिम मिया, रैजुल आलम, कुलदिप बसमा सवार थिए ।

त्यस्तै, भारतीय नागरिकमा अन्सारी जी, सन्तोष ठाकुर, सुरेन्द्र साह, आदित मिया, सनिल सहनवाज आलम रहेका छन् । उनीहरु सबै बेपत्ता छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ । 

गएराति पहिरो जाँदा वीरगञ्जदेखि काठमाडौं आउँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्सको बस पहिरोले बगाएको थियो । बसको झ्यालबाट नदीमा हाम्फालेर पौडी खेल्दै तीन जना जोगिएका छन् ।

टिप्पणीहरू