प्रचण्डले डेरा सरे पनि पर्सिसम्म सरकार चलाउने

प्रचण्डले डेरा सरे पनि पर्सिसम्म सरकार चलाउने
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुसँग बहुमत सदस्यको समर्थन रहेकाले प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि अनुरोध गर्नुभएको छ ।

उहाँहरुले संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अनुरोध गरेको पत्र राति नै हस्तान्तरण गरिसक्नुभएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको थियो। 

उहाँले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आह्वान गरेपछि काँग्रेस र एमाले शीर्ष नेताहरु दाबीपत्रसहित शीतल निवास पुग्नुभएको थियो ।

तीन वर्षअघि आजैका दिन प्रधानमन्त्री पदबाट मुक्त हुनुभएका ओलीको जसरी पनि आजै नियुक्त हुने चाहना थियो । तर,भोलि शनिबार र पर्सि आइतबार साँझ ५ बजेसम्मको म्यादलाई ध्यानमा राख्दै ओलीलाई प्रधानमन्त्रीमा पर्सि बेलुकी नियुक्त गरेर लगत्तै शपथ ग्रहण गराइने भएको छ ।

राष्ट्रपति कार्यालयको आह्वानमा दाबी पेश गर्ने समय पर्सि अपरान्ह ५ बजेसम्मलाई तोकिएको छ । तर, उहाँहरुले लगत्तै शीतल निवास पुगेर दाबी पेश गर्नुभएकाले आजै राति राष्ट्रपतिले एमाले अध्यक्षलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने सम्भावना एमालेजनको थियो ।

टिप्पणीहरू