सरकार गठनबारे माओवादी र रविका वकिलको छलफल
नयाँ सरकार गठनको संवैधानिक प्रावधानबारे कानुन व्यवसायीहरुले छलफल गरेका छन् ।
अनामनगरस्थित संवाद डबलीमा आज दिउँसो आयोजित 'प्रचण्ड सरकारको बहिर्गमन,केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन, सत्ता गठबन्धन र संवैधानिक व्यवस्था' विषयक अन्तरक्रिया कार्यक्रममा कानुन व्यवसायीहरुको संवाद गराइएको हो । कार्यक्रममा पूर्वमहान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, स्वतन्त्र कानुन व्यवसायी मञ्चका अध्यक्ष अधिवक्ता यज्ञमणी न्यौपानेलगायत सहभागी छन् । प्रधान माओवादी केन्द्रनिकट कानुन व्यवसायी हुन् भने न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध छन् ।
संविधानको धारा ७६ (२) को सरकार विश्वासको मतमा असफल भए नयाँ सरकार गठन कुन उपधारा अन्तर्गत हुने भन्नेमा विवाद रहँदै आएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले ७६ (२) अनुसार नै अर्को सरकार गठनको आह्वान गरेपछि यो विषय थप विवादमा छ ।
राष्ट्रपतिको निर्णयविरुद्ध अधिवक्ताहरू अदालत जाने तयारीमा रहेको चर्चा भैरहँदा संवाद डबलीले अन्तरक्रिया गराएको हो ।
टिप्पणीहरू