प्रधानमन्त्री कार्यालयमा अकस्मात अख्तियार

प्रधानमन्त्री कार्यालयमा अकस्मात अख्तियार

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपरान्ह सवा ४ बजे पुग्नुभएका राई सवा ६ बजे बाहिरिनुभयो ।

भेटमा उप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह,उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुनुहुन्थ्यो  । 

त्यस्तै आयोगका सचिव रामेश्वर दंगाल र परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई पनि उक्त भेटघाटमा सँगै राखिएको थियो ।

नयाँ आर्थिक बर्ष शुरु भएसङ्गै पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय सम्वन्ध जोडिएका निकायहरुको अख्तियारसङ्गको भेटलाई बाधा अड्काउ फुकाएर निर्वाध बिकास निर्माणका काम अघि बढाउने सन्दर्भसङ्ग जोडेर हेर्न थालिएको छ ।

टिप्पणीहरू