निर्वाचन आयुक्तहरु प्रधानमन्त्रीसँग भेटको पर्खाइमा
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरबार पुगेको निर्वाचन आयोगको टोली एक घण्टादेखि ‘वेटिङ’ मा बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ५ बजेपछि पुगेको टोलीमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित तीन जना आयुक्त र सचिव छन् ।
आयोगकोतर्फबाट ब्रिफिङका लागि बोलाइएको प्रधानमन्त्री कार्यालयका एक जना सचिवले बताए । क्याबिनेट बसिरहेकाले उहाँहरु भेटको प्रतिक्षामा हुनुहुन्छ । साढे ५ बजेलाई भेटको समय दिइए पनि क्याबिनेटका कारण अहिलेसम्म पालो आएको छैन ।
टोलीमा आयुक्तहरु रामप्रसाद भण्डारी, जानकी तुलाधर,सगुन समशेर राणासँगै सचिव रविलाल पन्थ पनि छन् । उनीहरुले एक वर्षदेखि रोकिएको निर्वाचन ऐन संशोधनको विषय पनि प्रधानमन्त्रीसमक्ष राख्ने बुझिएको छ ।
हिजो बेलुकी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईसहितको सिङ्गै टोलीले प्रधानमन्त्रीसँग सिंहदरबारमा शिष्टाचार भेट गरेको थियो ।
टिप्पणीहरू