त्रिभुवन विमानस्थल बन्द, जहाज आकाशमै होल्ड र डाइभर्ट

त्रिभुवन विमानस्थल बन्द, जहाज आकाशमै होल्ड र डाइभर्ट

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण बन्द भएको छ । 

अहिले उद्धार कार्य चलिरहेकाले उडान र अवतरण बन्द भएको विमानस्थल स्रोतले जानकारी दिएको छ । जसका कारण आन्तरिक उडानका जहाजलाई अन्य विमानस्थलमा डाइभर्ट गरिएको छ । धनगढी, पोखरा र भरतपुरबाट काठमाडौँका लागि उडेका सबै जहाज सिमरा, नेपालगंज र भैरहवा विमानस्थलमा अवतरण गराइएको छ । 

अन्तर्राष्ट्रिय उडानका जहाजहरु भने आकाशमा होल्ड भएका छन् । बंगलादेशको ढाकाबाट आएको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड गराइएको छ । त्यस्तै, थाइ एयरवेजको टीजी ३१९ र मलेसियन एयरको जहाजलाई केहीबेर भारतीय आकाशमा होल्ड गराएर दिल्लीतर्फ डाइभर्ट गरिएको छ । 

काडमाडौँबाट विभिन्न देशका लागि उड्न लागेका विमानको उडान पनि प्रभावित भएको छ ।
 

टिप्पणीहरू