प्रधानमन्त्री भन्नुहुन्छ : सेटअप मिलाउन सचिवहरुको सरुवा, तलब बुझेपछि बैठक भत्ता अनुचित

प्रधानमन्त्री भन्नुहुन्छ : सेटअप मिलाउन सचिवहरुको सरुवा, तलब बुझेपछि बैठक भत्ता अनुचित
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो गरिएको सचिवहरुको सरुवा प्रशासनमा सेटअप मिलाउने प्रयोजनका लागि भएको बताउनुभएको छ । उहाँले सरकार परिवर्तनपछि उक्त कार्य गरिएको जानकारी दिनुभएको छ । 

प्रधानमन्त्रीले विभिन्न मन्त्रालयका सचिवहरुसँगको सामूहिक छलफलमा उक्त जानकारी दिनुभएको हो । सो क्रममा उहाँले मन्त्रालयका कामहरु ढुक्कले गर्न निर्देशन दिनुभएको छ । 

उहाँले भन्नुभयो, ‘राम्रो काम गर्नेलाई सरकारले जिम्मा लिन्छ । तर गलत काम गर्ने कर्मचारीले त्यस्तो कामको जिम्मेवारी आफैँ लिनुपर्छ ।’

उहाँले आवश्यक कागजातमा हस्ताक्षर नगर्ने प्रवृत्तितर्फ संकेत गर्दै सचिवहरुलाई राम्रो काम नगरे फसिने उदाहरण दिनुभएको छ । ‘विगतमा फसिन्थ्यो होला अब ढुक्कले काम गर्नुहोस्,’ उहाँको निर्देशन छ । 

प्रधानमन्त्रीले कर्मचारीलाई बैठकभत्ताको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । तलब लिएपछि बैठकको छुट्टै भत्ता लिनु न्यायोचित नभएको प्रधानमन्त्रीको तर्क छ ।

 

टिप्पणीहरू