खेलकुद मन्त्रीले मागे प्रधान न्यायाधीशको राजीनामा

खेलकुद मन्त्रीले मागे प्रधान न्यायाधीशको राजीनामा

बंगलादेशका खेलकुद मन्त्रीले त्यहाँका प्रधान्यायाधीशको राजीनामा मागेका छन् । हिजो नियुक्त अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री असिफ महम्मुदले प्रधानन्यायाधीश ओबइदुल हसनलाई तत्काल पद छाड्न एक घण्टाको अल्टिमेटम दिएको बताइएको छ ।

राजीनामा नदिए प्रदर्शनकारीहरुले उनको निवास घेर्ने चेतावनी दिएका छन् । उक्त चेतावनीसँगै मन्त्रीले समेत कुनै शर्त नराखी राजीनामा दिन भनेका छन् ।

प्रदर्शनकारीहरुले प्रधानन्यायाधीशलाई पूर्ण इजलासको बैठक नबोलाउन र तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको जनाइएको छ ।

टिप्पणीहरू